नेपाल कम्युनिस्ट पार्टीले स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’, पोलिट्ब्यूरो सदस्य पदम राईसहित आधा दर्जन गिरफ्तार नेताहरुलाई प्रहरीले रिहा नगरे त्यसकाे परिणाम गंभीर हुने चेतावनी दिएकाे छ ।

पार्टी प्रबक्ता प्रकाण्डले शान्तिपूर्ण राजनीतिक कार्यक्रममाथि प्रहरी प्रशासनले गरेको हस्तक्षेपको विरोध गरेका छन् ।

“शान्तिपूर्ण कार्यक्रममा प्रहरी हस्तक्षेप, दमन र घेराबन्दीले पार्टीलाई आक्रोशीत बनाएको छ । यस्तो हर्कत जारी राखे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार आफैले हुनुपर्ने छ” प्रवक्ता प्रकाण्डले भने ।

गिरफ्तार नेताहरुको तत्काल रिहा गर्न माग समेत गरेका छन् ।

पार्टीको युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेवकको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न विराटनगर जाँदै गर्दा बाटोबाटै प्रहरीले नेताहरुलाई गिरफ्तार गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा आफ्ना नेताहरुलाई गिरफ्तार गरेको भन्दै तत्काल रिहा नगरे गाउँगाउँबाट एमालेका नेता–कार्यकर्ता लखेट्ने नेकपाले चेतावनी दिएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार