माओवादी केन्द्र महाधिवेशन अायोजक समूहका संयोजक गोपाल किरातीले राष्ट्रिय युवा जनस्वयमसेवकको कार्यक्रममाथि प्रहरीले गरेको हस्तक्षप र गिरफ्तारीप्रति विरोध जनाएका छन् ।

संयोजक किरातीले प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण कार्यक्रममाथि हस्तक्षेप गर्न निर्देशन दिएर राज्य अातंक सुरु गरेको बताए ।

किरातीले अाइतबार एक विज्ञप्ति जारी गरेर तानाशाही शैलीमा गिरफ्तार गरिएका नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ सहित सम्पूर्ण नेता-कार्यकर्ताको तिहाइको माग समेत गरेका छन् ।

त्यसैगरी संयोजक किरातीले प्रधानमन्त्री ओलीले शान्तिपूर्ण कार्यक्रममाथि हस्तक्षेप गरेर राज्य अातंक सुरु गरेको भन्दै समर्थन फिर्ता लिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई अाग्रह समेत गरेका छन् ।

अाइतबार विराटनगरमा आयोजित तेस्रो राष्ट्रिय सम्मेलनमा सहभागी भएका पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिट्‍ब्यूरो सदस्य पदम राईसहित २ सय जना नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार