नेपाल कम्युनिस्ट पार्टीले अाफ्नाे पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश अाेली सुदर्शन र पाेलिटव्युराे सदस्य पदम रार्इलगायतका नेता कार्यकर्ताहरूकाे गिरफ्तारीका विरूदध फागुन ८ गते नेपाल बन्दकाे घाेषणा गरेकाे छ ।

प्रहरीले विराटनगरबाट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलीटब्युरो सदस्य पदम राई ‘विकास’ लगायतका दर्जनांै नेताकार्यकर्ताहरुलाई गिरफ्तार गरेको भन्दै बन्दकाे अायाेजना गरेकाे नेकपाले जनाएकाे छ ।

नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले अाइतबार एक विज्ञेप्ती जारी गर्दै अाफ्ना नेताहरूकाे दुर्इ दिनभित्र रिहाइ नगरे बन्दकाे घाेषणा गरेकाे जनाएका छन् ।

राष्ट्रिय युवा जनस्वयंसेवकको राष्ट्रिय सम्मेलनकाे उद्घाटन गर्न नेता सुदर्शनसहितकाे टीम विराटनगर गएकाे बेला गिरफ्तार गरेकाे थियाे ।

सो पार्टीले नेपाल बन्दको अघिल्लो दिन ७ गते सोमबार देशभरी मसाल जुलुस प्रदर्शन गर्न र संघर्षका कार्यक्रमहरुमा सहभागी हुन पार्टीपंक्तीलाई निर्देशन गरेको छ ।

महासचिव विप्लवद्धारा जारी विज्ञेप्तीकाे पूरा पाठ :

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार