
नेपाल कम्युनिस्ट पार्टीकाे युवा संगठन युवा राष्ट्रिय जनस्वंसेवक अब याेंग रेड फाेर्सकाे विकास भएकाे छ । भर्खरै सम्पन्न सम्मेलनले यस्ताे निर्णय गरेकाे हाे ।
सम्मेलनले संगठनकाे नाम युवा राष्ट्रिय जनस्वंसेवकलार्इ याेंग रेड फाेर्सकाे रूपमा नामाकरण गरेकाे हाे ।
नेकपाको युवा संगठन राष्ट्रिय युवा जनस्वंसेवकको तेस्रो राष्ट्रिसम्मेलनमार्फत विवश राइको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय समिति पनि निर्वाचित गरेको छ ।
आइतबार उदघाटन भएको सम्मेलन बन्दसत्रमा परिणत भइ सम्मेलनले राईको अध्यक्षतामा उपाध्यक्ष मिना चलाउने, महासचिव दीप राज शेर्पाली, सचिव देव गुरूङ र काेषाध्यक्षमा प्रेम बिक रहेकाे ४५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।
सम्मेलनबाट संगठनले सम्मेलनले ११ बुदे समसामयिक प्रस्ताव पारित गरेको छ ।
प्रस्तावमा स्थानीय निकायले अन्यायपूर्ण तरिकाले भारी बृद्धी गरेको कर खारेज गर्नुपर्ने र भारतद्वारा निर्मित कोशी बाँध नियन्त्रण कार्यालय हटाउनु पर्ने माग गरिएको छ ।
यस्तै प्रस्तावमा अरुण तेश्रो र माथिल्लो कर्णाली परियोजना निर्माणमा भारतसँग भएको राष्ट्रघाती सम्झौता एवं १९५० को असमान सन्धी खारेज गर्नुपर्ने माग गरिएको छ ।







