माअाेवादी केन्द्र विद्राेही समुहका संयाेजक गाेपाल किरातीले नेपाल कम्युनिस्ट पार्टीको आव्हानमा फागुन ८ गते घोषणा गरिएको नेपाल बन्दको कार्यक्रलाई समर्थन रहेकाे जनाएका छन् ।

विद्राेही माअाेवादी केन्द्रकाे महाधिवेशन आयोजक समितिका संयोजक गोपाल किरातीले सोमवार एक प्रेस विज्ञप्ती जारी गर्दै सरकारले गरेको राज्य आतंकका विरुद्ध नेकपाद्वारा घोषणा गरिएको फागुन ८ गतेको नेपालबन्द सफल पार्न सबैमा आह्वान समेत गरेका छन् ।

संयाेजक किरातीले गणतन्त्रको रक्षाको लागि खड्क ओलीलाई दिएको फिर्ता लिन प्रचण्डलाई आग्रह पनि गरेका छन् ।

प्रस्तुत  विज्ञप्तीको पूर्ण पाठ :

कुनै पनि देशभक्त तथा वामपंथी शक्ति विरुद्ध हुने राज्यको दमनलाई नजर अन्दाज गर्न सकिदैन ।

अत नेकपा सम्बद्ध विराटनगरको शान्तिपुर्ण कार्यक्रममा खड्क ओली सरकारको राज्य आतंकको विरुद्ध प्रतिरोेधमा नेकपाद्वारा आह्वान गरेको फागुन ८ गतेको नेपाल बन्द कार्यक्रम’लाई हाम्रो नेकपा(माओवादी केन्द्र) महाधिवेशन समूह दृढतापूर्वक नीतिगत समर्थन गर्दछ ।

साथै, राज्य आतंककारी खड्ग ओलीलाई दिएको समर्थन फिर्ता गरी महान जनयुद्धको उपलब्धी गणतन्त्र रक्षार्थ उभिन अध्यक्ष प्रचण्डलाई अनुरोध गर्छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार