नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ द्वारा नेकपाका नेता हेमन्तप्रकाश अाेली सुदर्शन, पदम रार्इलगायत नेता कार्यकर्ताहरुलाई अाेली सरकारले गिरफ्तार गरेकोप्रति आपत्ति जनाउँदै उनीहरूलार्इ रिहा गर्न माग गरेका छन् ।

महासचिव वैद्यले एक विज्ञप्ति जारी गर्दै सरकारद्वारा शान्तिपुर्णरुपमा हुन लागेको आन्तरिक सम्मेलनमा सहभागी नेता कार्यकर्तालाई गिरफ्तार गरेर फासिवादी चरित्र प्रस्तुत गरेको बताएका छन् ।

बैद्यले कार्यक्रममा शसस्त्र प्रहरी र नेपाल प्रहरीद्वारा गरिएको ज्यादतीको बिरोध गर्दै सरकारद्वारा गिरफ्तार गरिएका नेता कार्यकर्ताहरुको अविलम्ब रिहाइको लागि सरकारसंग जोडदार माग गरेको छ ।

रिहाइको माग गर्दै नेपाल कम्युनिस्ट पार्टीले भोलि फागुन ८ गते नेपाल बन्द आव्हान गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार