
भाेली फागुन ८ गतेकाे नेपाल बन्दकाे पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टीद्धारा राजधानीलगायत देशैभरिका विभिन्न स्थानमा मशाल जुलुश निकालिएका छन् ।
नेकपाका कार्यकर्ताहरूद्धारा काठमाडाैं उपत्यकाअन्तर्गत गाेगंबु, क्षेत्रपाटीलगायत क्षेत्रमा मशाल निकालिएका छन् भने भक्तपुर र ललितपुरमा पनि मशालजुलुश निकालिएका छन् ।
काठमाडाैंकाे गाेगंबु क्षेत्रमा मगर मुक्ति माेर्चाकाे नेतृत्वमा मशाल जुलुश निकालिएकाे छ भने जनगणतान्त्रिक मंचकाे नेतृत्वमा काठमाडाैंकै क्षेत्रपाटी मशाल जुलुश निकालिएकाे छ ।
त्यसैगरी राजधानीबाहेक मोरङ बिराटनगर, झापाको दमक बजार.केर्खा बजार. बिर्तामोड बजार र सुरङ्ग बजारमा पनि मशाल जुलुश निकालिएका छन् ।
मशाल जुलुश निकाल्ने क्रममा प्रहरीले हस्तक्षेप समेत गरेकाे बताइएकाे छ ।







