
नेपाल बन्दलार्इ अबज्ञा गरेकाे भन्दै नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूले देशका विभिन्न ठाउँहरुमा दर्जनौं गाडीहरुमा तोडफोड गर्नुका साथै आगजनी गरिदिएका छन् ।
बन्दलार्इ अटेर गरेर सवारी साधन चलाएकाे बन्दकर्ताले भन्दै झापाको विभिन्न स्थानमा १६ वटा सवारी साधनमा तोडफोड र आगजनी गरेका छन् ।
जिल्लाको सुरुङगा, विर्तामोड, केर्खा, चारपाने, मेचीनगर, काकँडभित्ता, झापा बजारलगायतका ठाउँमा बन्दकर्ताहरुले आफ्ना पार्टीका नेतालाई बिनाकारण गिरफ्तार गरेको आक्रोषमा तोडफोड र आगजनीलाई तीव्र पारेका छन् ।
समाचारमा जनाइए अनुसार विर्तामोडमा केही सवारी साधनमाथि तोडफोड गरिएको छ भने दमक बजारमा मात्रै १३ वटा सवारी साधनमाथि आगजनी र तोडफोड गरेको स्थानीयले जानकारी दिएका छन् ।
यता काठमाडौंको बानेश्वरमा पनि बन्दको अबज्ञा गरेको भन्दै दूइवटा माइक्रो बस र ट्याक्सीमाथि बन्दकर्ताले तोडफोड गरेका छन् ।







