नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको नेपालबन्दको क्रममा भर्खरै काठमाडौंमा एक सरकारी गाडीमा आगजनी भएको छ ।

काठमाडाैंकाे मध्य बानेश्वरस्थित एपेक्स कलेजअगाडि एक सरकारी गाडीलार्इ अागजनी गरिएकाे छ । अागजनीबाट गाडी पूर्ण रूपमा ध्वस्त भएकाे बताइएकाे छ ।

यता काठमाडौंस्थित सेतो पुलनजिकै एक सरकारी कारमा तोडफोड भएको समाचार छ ।

यता बन्दकै क्रममा आज राती पाल्पा, म्याग्दी र राजधानीका विभिन्न स्थानमा बम विस्फोट भएको बताइएको छ ।

आज बिहानै काठमाडौंको नेपाल एयरलाइन्सको अगाडि शक्तिशाली बम भेटिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार