
नेपाल कम्युनिस्ट पार्टीका पाेलिटव्युराे सदस्य अाेम प्रकाश पुनले एमाले र माअाेवादी केन्द्रकाे एकताले वैज्ञानिक समाजवादलार्इ अपराधीकरण गर्ने झुन्डकाे रूपमा विश्लेषण गरेका छन् ।
नेता पुनले माअाेवादी केन्द्रकाे माअाेवादलार्इ परित्याग गर्नु माअाेवादी अान्दाेलनलार्इ जबजमा विलय गराएकाे जिकिर गरेका छन् ।
सामाजिक संजाल फेसबुकमार्फत नेता पुनले यी दुर्इ पार्टीकाे एकता सामाजिक दलाल पुँजीवादीहरूकाे एकता भनेका छन् ।
नेता पुनकाे सामाजिक संजालमा राखिएकाे स्टाटस यस्ताे छ :
एमाले माकेकाे कथित एकतालाई हामीले याे कम्युनिस्ट वा वाम एकता हाेइन सामाजिक दलाल पुँजीवादीहरुबीचकाे एकता हाे भनेका थियौं । याे एकता अस्तित्व रक्षा, सत्ता लिप्सा र वैचारिक पतनकाे परिणाम हाे भनेका थियौं । याे एकताले माअाेवादकाे परित्याग अर्थात् माअाेवादी अान्दोलनलाई संसदवादमा रुपान्तरण, वैज्ञानिक समाजवादलाई दलाल पुँजीवादमा रुपान्तरण र जनयुद्धलाई अपाराधिकरण गर्ने गर्ने छ भनेका थियौं । सारमा कथित एक्काइसौं सताब्दीकाे जनवाद एमालेकाे दक्षिणपन्थी संसदीय कार्यदिशा जवजमा बिलय हाे भनेका थियौं । त्यसको व्यबहारिक पुष्टि माके एमालेले यही फागुन ७ गते गरेकाे कथित सात बुँदे प्रतिबद्धता पत्रले गरेकाे छ । जनयुद्ध शरु गर्दा तयार पारेको सात बुँदे प्रतिबद्धता पत्रले प्रचण्ड लगायतलाई क्रान्तिका महानायककाे रुपमा अगाडि बढाएको थियाे भने याे कथित प्रतिबद्धता पत्रले उनीहरुलाई घाेषित क्रान्ति विराेधी खलनायकका रुपमा पछि हटाएकाे छ । माअाेवादकाे परित्याग, जबजमा समर्पण र दलाल पुँजीवादमा पतनकाे घाेषणाले अब हालसम्म प्रचण्डले अाेडेर अाएकाे स्यालकाे राताे छाला जनतामा छर्लङ्ग भएको छ । अब पनि यसमा भ्रमित हुनु भनेकाे वैचारिक र राजिनितिक सम्पूर्ण रुपले मृत्यु हुनु हाे ।







