एमाले र  माओवादी केन्द्रले एक भएपछि  राख्ने भनेर रोजेको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ पहिला नै निर्वाचन आयोगमा दर्ता भएकोले साे नाम राख्न नपाउने भएका छन् ।

ऋषिराम कट्टेल अध्यक्ष रहेको  नेपाल कम्युनिष्ट पार्टी गत मंसिर १० र २१ गते भएको निर्वाचनमा ‘घन र कोदालो’  चिन्ह लिएर सहभागी भएकोले नाम राख्न नपाउने भएकाे हाे ।

निर्वाचन आयोगकाअनुसार पहिला नै सोही नाममा अर्को दल दर्ता भएको अवस्थामा नयाँ दल सोही नाममा दर्ता गर्दैन। योसँगै दुई ठूला वाम गठबन्धनले अर्को नाम जुराउनु पर्ने हुन्छ।

२०७३ स्थानीय तह निर्वाचनमा सहभागिताका लागि आयोगले दल दर्ता आव्हान गर्दा पनि नेपाल कम्युनिष्ट पार्टीले आवेदन दिएको थियो ।त्यतिबेला पनि आयोगले ३९ नम्बरमा नेपाल कम्युनिष्ट पार्टीको सूची प्रकाशित गरिदिएको थियो।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ६ को १(ङ) मा दलको नाम वा चिन्ह आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिन्हसँग मिल्ने भएमा दर्ता हुन नसक्ने उल्लेख छ।

एमाले र माओवादी केन्द्र मिलेर अब एउटै कम्युनिस्ट पार्टी बनाउने  एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने सहमतिमा हस्ताक्षर गरेका छन्।

सहमतिअनुसार एकीकृत पार्टीको निर्देशक सिद्धान्त ‘मार्क्सवाद र लेनिनवाद’ रहनेछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार