नेपाल कम्युनिस्ट पार्टीले आव्हान गरेको नेपाल बन्दको दिन देशका विभिन्न ठाउँमा बम विस्फाेट गरेकाे बताइकाे छ । भर्खरै पाेखराकाे  विजयपुरमा भर्खरै बम विष्फोट भएको छ ।  विष्फोटमा एक पत्रकारसहित दुई जना घाइते भएका छन् ।

उता झापाको दमक विशाल बजारमा शक्तिशाली बम विष्फोट भएको छ । उता काँकडभित्ता पनि संकास्पद वस्तु फेला परेको समाचारमा जनाईएको छ ।

यसैविच सिन्धुलीको खुर्कोट बजारमा अहिले भर्खरै बम जस्तो देखिने शंकास्पद वस्तु फेला परे पछि नेपाली सेनाको बम डिस्फोजल टोली त्यसतर्फ लागेको छ । यसैगरी चितवनको जिल्ला प्रहरी कार्यालय नजिकै बम फेला परेको समाचार छ ।

त्यस्तै यता काठमाडौंको सुन्धारा नजीकै रहेको आरएनएसीमा बम फेला परेको स्थानीयले जानकारी दिएका छन् । त्यसैगरी बाग्लुङ र पाल्पामा पनि बम विष्फोट भएको समाचार प्राप्त भएको छ । बम विस्फोटका घटनाहरुबाट अहिलेसम्म कुनै मानवीय भने क्षती विवरण भने आएको छैन ।

उता बाजुरालाई यातायात मार्गमा जोड्‍ने इकडी पुल र बार्जुगाड पुलमा विहानै बम भेटिएपछि यातायात सेवा ठप्प भएको छ ।

यसैबीच बन्द गराउँदै हिँडेको २१ जना माओवादी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौंका विभिन्न स्थानबाट ४ जना, मोरङबाट २ जना, सुनसरीबाट ६ जना, चितवनबाट २ जना, डोल्पाबाट १ जना र कपिलबस्तुबाट ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार