
निर्वाचन अायाेगमा दर्ता भएकाे नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले एमाले र माअाेवादी केन्द्रबीचपछि एकतापछि नेकपा राख्न खाेजेकाे भन्दै अापत्ति जनाएका छन् ।
कट्टेलले एमाले र माअाेवादी केन्द्रसँग अाफुहरूले एकता पनि नगर्ने र नेकपाकाे नाम पनि नदिने दृढता व्यक्त गरेका छन् ।
एक राष्ट्रिय दैनिक पत्रिकालार्इ दिएकाे संक्षिप्त प्रतिक्रियामा कट्टेलले जसले कम्युनिस्ट विचार नै छाेडेर धेरै टाढा पुगेकाे छ, उसैले नेकपा राख्नु अचम्म भएकाे बताएका छन् ।
कट्टेलकाे भनार्इकाे सानाे अंश : ‘एकता गर्दिनँ, नेकपा पनि दिन्नँ’
नेपाल कम्युनिस्ट पार्टी ०६९ मा निर्वाचन आयोगमा दर्ता गरेका हौँ । तर, अहिले आएर एमाले–माओवादीले पनि एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी नै राख्ने सहमति गरेको मैले पनि सुनेको छु ।
उहाँहरूले पनि दल दर्ता गर्ने त निर्वाचन आयोगमै होला । सडकमा दर्ता गरेर त दल बन्दैन होला । सत्ताको दबाबमा आयोगले दुईवटा पार्टीलाई एउटै नाम दिन्छ भन्ने मलाई लाग्दैन । त्यसो भयो भने हामी जाने अदालतमै हो ।
हाम्रो र उनीहरूको पार्टीको विचार नै मिल्दैन । त्यसैले एकताको कुनै सम्भावना नै छैन । तर, यतिखेर हामीलाई बडो अचम्म लाग्या छ । जो विचारमा कम्युनिस्ट नै छैन, उसलाई किन कम्युनिस्ट पार्टी नाम चाहिएको हो ? तर, उनीहरूलाई चाहियो भन्दैमा हामीले दिने कुरै छैन ।







