
नेकपा माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपानेले केपी अाेली र प्रचण्डप्रति तीखाे अाक्राेश व्यक्त गरेका छन् ।
न्याैपानेले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै यी दुर्इ नेताहरूले विगतमा जुन व्यवस्थाका विरूद्ध संघर्ष गरेका थिए, तर कालान्तरमा उही व्यवस्थमा फर्केर सम्झाैता गरेकाे उल्लेख गरेका छन् ।
‘नेपालमा चलेका सबै सशस्त्र आन्दोलनहरू शासन व्यवस्था अलिअलि फेरेर सम्झौतामा अन्त्य भए । जसका विरूद्ध लडे त्यही पुरानै राज्य व्यवस्थामा फर्किए ।’ फेसबुकमा न्याैपानेले भनेका छन्, ‘अान्दोलनबाट आएका एकाध मान्छेहरू वा एउटा पंक्तिको वर्ग उत्थान चमत्कारिक ढंगबाट भयो । माओवादी जनयुद्ध गौरवशाली हुँदाहुँदै पनि यसको पनि हविगत उही भयो । वहस र खोजी आखिर नेपालको राजनीति हो के ?’
अाखिर नेपालकाे राजनीति के हाे भन्दै उनले चरम निराशा व्यक्त गरेका छन् ।
न्याैपानेकाे सामाजिक संजाल स्टाटसमा यस्ताे छ :








