एमाले र माओवादी केन्द्रबीच एकता हुने भएपछि जनयुद्धका सहिद परिवारले पनि आफ्नो भूमिका र अस्तित्वबारे चिन्ता व्यक्त गरेका छन् ।

जनक्रान्तिका महान् सहिद परिवार समाज नेपालले बुधबार काठमाडौँको संवाद डबलीमा माओवादी केन्द्र निकट समाजको ६ नम्बर प्रदेशले आयोजना गरेको छलफलमा सहिद परिवारहरुले एकतापछि सहिद राष्ट्रिय सहिद घोषणा गरिनुपर्ने, बलिदानीको मूल्यांकन र अस्तित्वबारे चिन्ता व्यक्त गरेका हुन्।

सहिद परिवार समाजका ६ नम्बर प्रदेशका संयोजक कर्णजीत बुढाथोकी ‘सुशील’ले नेकपा एमालेले नेतृत्वले कस्तो व्यवहार गर्छ भन्ने सहिद परिवारलाई चिन्ता लागेको बताए । “हिजो त हाम्रो सरोकार माओवादीसँग मात्रै थियो, अब पार्टी एकता हुँदैछ । एमाले नेतृत्वले कस्तो व्यवहार गर्छ त्यसले एकीकृत पार्टीको नीति बन्ने भएकोले छलफल सुरु गरेका हौँ” शुसिलले भने । उनले एकता हुनुपूर्व जनयुद्धका सहिद परिवारप्रति पार्टी नीति प्रष्ट हुनुपर्ने धारणा राखेका थिए ।

“हाम्रो बलिदानीलाई कसैले खोस्न सक्दैन, पार्टी एकता हुनपूर्व सहिद परिवारबारे प्रष्ट नीति चाहिन्छ” छलफलमा बोल्दै सुशिलले भने । माओवादीहरुबीच एकता नभएर एमालेसँग पार्टी एकता हुन लागेको कारण जनयुद्धका सहिदहरुलाई हेर्ने एमालेको दृष्टिकोण प्रष्ट हुनुपर्ने बताए ।

जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गरिनुपर्ने, परिवारको अभिभावक राज्य हुनुपर्ने भेलामा सहभागी सहिद परिवारले धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार