नेपाल कम्युनिस्ट पाटीका नेताहरू हेमन्तप्रकाश अाेली सुदर्शन, पदम राइलगायत तथा कार्यकर्ता पक्राउ गरेको विराेधमा नेकपाले विरोध स्वरुप देशव्यापी कोणसभाहरु सम्पन्न गरेको छ ।
पार्टी केन्द्रको योजना अनुसार उसका विभिन्न जिल्ला संगठनहरुले बुधवार ठाउँ–ठाउँमा कोणसभा सम्पन्न गरेका हुन् । यसैबीच पूर्व झापाको विर्तामोड र दमकबजारमा कोणसभा सम्पन्न भएको छ ।
यसैगरी धनकुटाको पाख्रीबासमा पनि कोणसभा सम्पन्न भएको छ । मोरङको पत्थरी किर्तिपुरमा भएको सभालाई नेकपाका स्थानीय नेताहरुले सम्बोधन गरेका छन् । धनुषा मिथला बिहारी नपा भुमिपटहरुवा १ मा भएको कोणसभालाई राजु कार्की / र महेन्लेद मणडलले सम्बोधन गरेका छन् ।
धरानको पिपलमा पनि कोणसभा सम्पन्न भएको छ । सर्लाहीको हरिहरपुर नगरपालिकाको जगतपुरमा भएको कोणसभालाई नेकपाका जिल्ला इन्चार्ज कुमार पौडेल, पदम सुनार र विजय लामाले सम्बोधन गरेका छन् । यसैगरी चितवनमा भएको कोणसभाबाट नेकपाका जिल्ला सदस्य रामबहादुर तिमिल्सीनालाई प्रहरीले पक्राउ गरेको छ ।
यस्तै कास्कीको पोखरामा र अर्घाखाँचीको मालारानीमा पनि कोणसभमा सम्पन्न भएको छ । पश्चिम नेपालका दाङ, कैलालीको धनगढिचोक, कन्चनपुर लगायतका विभिन्न जिल्लाहरुमा कोणसभाहरु सम्पन्न भएको र ती सभाहरुलाई नेकपाका स्थानीय नेताहरुले सम्बोधन गरेका छन् ।







