काभ्रेमा हजारौं रोपनी जग्गा अधिकरण गरेर बसेकाे सामन्तकाे जग्गालाई  नेपाल कम्युनिस्ट पार्टीले कब्जा गरेको छ ।

भुम्लु गाउँपालिका ६ मा पर्ने आपगाउँ बेसीमाझी बस्तिमा रहेको हजारौं रोपनी जग्गा तामासालिङ स्वायत्तले कब्जा गरेको हो ।

मानव बस्तीलाई जोखिम बढ्ने गरी सरकारकै मिलेमतोमा भूमाफियाहरुले उक्त जग्गा नियन्त्रणमा लिएर अवैध रुपमा नदी नालामा रहेका गिटी बालुवा उत्खनन् गर्न थालेपछि उक्त जग्गा तामासालिङ जनपरिषद् कब्जा गरेको छ ।

स्थानीलाई थर्काएर तस्कर र माफियाहरुले नदी नाला अतिक्रमण तीब्र पारेको भन्दै जनपरिषद् प्रमुख माणिक लामाको नेतृत्वमा गएको टोलीले झण्डा गाँडेर बुधबार जग्गा कब्जा गरेको हो ।

सार्वजनिक जग्गा स्थानीय गोपाल सेढाईले नीजि करसर उद्योग संचालन गर्न लागेकोले आफूलाई प्राकृति सम्पदाको दोहन रोक्न जग्गा नियन्त्रण्मा लिएको लामाले बताए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार