
केही समयदेखि अल्झिएकाे एमाले र माअाेवादी केन्द्रबीच मन्त्रालयको संख्या र अन्य मन्त्रालयमा भागबण्डा टुङ्ग्याउन नसकेपनि एमाले–माओवादी केन्द्रले दुई मन्त्रालयको भागबण्डा भने टुङ्ग्याएका छन्।
शक्तिशाली र महत्वपूर्ण मानिने गृह मन्त्रालय तथा अर्थ मन्त्रालय कसले लिने भन्ने टुङ्गोमा दुबै पार्टीका शीर्ष नेताहरु पुगेका हुन्।
जस अनुसार सरकारको नेतृत्व गरेको एमालेले अर्थ मन्त्रालय लिने निश्चित भएको छ भने माओवादी केन्द्रले गृह मन्त्रालय।
‘प्रधानमन्त्री ओलीले नै अर्थ मन्त्रालय एमालेले लिन्छ, गृह मन्त्रालय तपाईंले लिनुस् भन्नु भएको छ’ स्रोतले भन्यो, ‘त्यसैले माओवादीले गृह पाउने पक्का भइसकेको छ।’
माअाेवादी केन्द्रले गृह मन्त्रालय लिने भनिएसँगै सरकारले नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तामाथि निगरानी बढाएको छ।







