नेपाल कम्युनिस्ट पार्टी कंचनपुरकाे अायाेजनामा अाज फागुन १० गते महेन्द्रनगरमा ‘वर्तमानमा राजनीतिक परिस्थिति, संकट र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।
साे अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका पाेलिटव्यराे सदस्य अाेम प्रकाश पुनले अबधारणा प्रस्तुत गरेका थिए । अवधारणाापछि सबै बक्ताहरुले शान्तिपूर्ण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई गिरफ्तार गर्नु निन्दनीय काम भएको टिप्पणी गरेका थिए ।
देशमा राष्ट्रघात, जनघात, भ्रष्टाचार भएकोमा त्यसलाई राेक्न सबै देशभक्त र परिवर्तनप्रेमीहरु एक हुनु पर्ने धारणा सबैले राखेका थिए ।
जिल्ला सचिव राजेन्द्र बिष्टकाे अध्यक्षतामा, प्रकाश जप्रेलकाे संचालनमा र पार्टी पाेलिटब्युराे सदस्य अाेम प्रकाश पुनकाे प्रमुख अातिथ्यमा सम्पन्न भएकाे थियाे ।
कार्यक्रममा महाकाली ब्युरो ईन्चार्ज असिना, पार्टी सिसिएम सन्ताेषी बिकलगायत माअाेवादी केन्द्रका केन्द्रीय सदस्य मिनराज गिरी, क्रान्तिकारी माअाेवादीका जिल्ला सहसचिव विष्णु नेपाली, राष्ट्रिय जनमाेर्चाका जिल्ला नेता महेश जाेशीले बाेलेका थिए ।
त्यसैगरी सुप विश्वविद्धालयका सहायक परीक्षा नियन्त्रक प्रेमसिंह भाट, कृषि विज्ञ नरबहादुर साउद, ग्रेटर नेपालका अभियन्ता गजेन्द्र पाण्डे , निर्माण ब्यबसायी संघका अध्यक्ष गजेन्द्र चन्द, समाजसेवी झेलुराम डगाैरा, पत्रकार महासंघ कंचनपुर का सहसचिव माेहन बिष्ट , शिक्षक संगठनका नेता अाेम प्रकाश जाेशी लगायतले मन्तव्य राखेका थिए ।







