प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलपछि मन्त्रालय भागवण्डामा टुंगो लागेको छ ।
एमालेले प्रधानमन्त्रीसहित अर्थ, परराष्ट्र, भौतिक पूर्वाधार, सञ्चार, संघीय मामिला तथा सामान्य प्रशासन लगायतका ११ मन्त्रालय राखेको छ । माओवादीले गृह र उर्जासहित ७ मन्त्रालय पाएको छ ।
मन्त्रालय भागवण्डा टुंगिएसँगै एमाले र माओवादी नेताहरु मन्त्री छनोटको गृहकार्यमा जुटेका छन् ।
एमाले र माअाेवादी केन्द्रले पाएका मन्त्रालयहरू यस्ता छन ।
एमालेको भागमा परेका मन्त्रालयहरु
अर्थ तथा योजना
परराष्ट्र
रक्षा
भौतिक पूर्वाधार तथा यातायात
संघीय मामिला तथा सामान्य प्रशासन
सूचना सञ्चार
कानुन, न्याय तथा संसदीय मामिला
पर्ययन
शिक्षा तथा खेलकुद
स्वास्थ्य तथा जनसंख्या
माओवादीको भागमा परेका मन्त्रालयहरु
गृह
जलस्रोत तथा ऊर्जा
उद्योग, वाणिज्य तथा आपूर्ति
शहरी विकास, आवास खानेपानी तथा सरसफाइ
वन तथा वातावरण
कृषि, सहकारी तथा भूमि व्यवस्थापन
श्रम तथा रोजगार तथा महिला बालवालिका







