नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनले काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा ‘राज्य र जनताको राजनीतिक स्वतन्त्रता’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकोे छ ।
कार्यक्रममा बोल्ने वक्ताहरुले ओली सरकारद्वारा नेकपामाथि गरिएको प्रहरी दमन र हस्तक्षेपको विरोध गरेका छन् । उनीहरुले नेकपाको राजनीतिक गतिविधिमा प्रतिबन्द लगाउने प्रयास भइरहेको भन्दै आपत्ति जनाएका छन् ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता तथा जनअधिकार अभियान नेपालका अध्यक्ष एकराज भणडारी, नेकपा (माओवादी केन्द्र)का संयोजक गोपाल किराती र नेकपा (क्रान्तिकारी माओवादी)का नेता हरिभक्त कँडेललगायतका वाम बुद्धिजीवी तथा नागरिक अगुवाहरुले बोलेका थिए ।
कार्यक्रमको अध्यक्षता नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनका केन्द्रीय अध्यक्ष टिका कँडेल र सञ्चालन प्रभात चलाउनेले गरेका थिए ।
आइतवार विराटनगरमा आयोजीत युवा जनस्वयंसेवकको राष्ट्रिय सम्मेलनमा जादै गर्दा नेकपाका नेताद्वय हेमन्तप्रकाश ओली‘सुदर्शन’ र पदम राई ‘विकास’ लगायतका नेता कार्यकर्ताहरुलाई प्रहरीले विनाकारण पक्राउ गरेको तथा खुल्ला सभामाथि हस्तक्षेप गरेको विरोधमा सोपार्टीले बिहिबार देशव्यापी अन्तरक्रिया कार्यक्रमको लागि निद्रेशन गरेको थियाे ।







