क्रान्ति सत्ता र सत्तासिन वर्ग विरुद्ध सचेत र श्रमिक जनताले संघर्ष संचालन गर्ने क्रममा उपयोग गरिएको शव्द हो ।

यसको अर्थ हुन्छ जनताको विद्रोह, जनताको सशक्त संघर्ष, आमुल परिवर्तन, पुरानो सत्ताको ध्वंश र क्रान्तिकारी हेरफेर ।

क्रान्तिको परिभाषा गर्दा प्राय सवै विचारकहरु एउटा निस्कर्षमा सहमत छन,– क्रान्ति भनेको पुरानो व्यवस्था, विधिविधान र सरकारको पुर्ण परिवर्त हो । पुरानोको ठाउ नयाँले लिनु हो । यो ठुलो या सानो, कम या वढी संघर्ष र युद्धवाट पुरा हुन्छ ।

विचारक कार्ल माक्र्सको अर्थमा ‘क्रान्ति इतिहासको चालक शक्ति हो’ । (जर्मन विचारधारावाट)

लेनिनको भनाइमा ‘क्रान्ति भनेको संझौताको अन्त्य गर्नु हो यसको मतलव हुन्छ समाजवादी क्रान्त्किो वाटो पकडनु ।’ उहाँको थप भनाई छ,– ‘क्रान्तिको प्रमुख काम भनेको राज्यसत्ता प्राप्त गर्नु हो ।’

माओको भनाइमा ‘क्रान्ति विद्रोह हो, हिंसात्मक कार्य हो जहाँ एउटा वर्गले अर्का वर्गलाई मिल्काइदिन्छ ।’

नेपाली क्रान्तिको सन्दर्भमा हाम्रो संश्लेषण छ कि क्रान्ति भनेको जनयुद्धको जगमा जनविद्रोह संगठित गरेर दलाल सामन्तहरुको राज्यसत्ता उल्टाउनु र जनताको गणतन्त्र अर्थात जनवादी गणतन्त्र स्थापना गर्नु हो ।

यसको अर्थ दलाल तथा सामन्ती राज्यसत्ताको विरुद्ध निणायक संघर्ष÷सशस्त्र संघर्ष ÷जनविद्रोह संगठित गर्नु र जनताको राज्यसत्ता स्थापना गर्नु हो ।

क्रान्तिका आधारहरु

कार्ल माक्र्सको धारणामा विद्रोहका निम्ति निम्न आधारहरु मुख्य हुन्छन् ः

१) तीव्र औद्योगीककरण
२) श्रमीक वर्गको व्यापक बृद्धि
३) मजदुर वर्गमाथिको अनियन्त्रित लुट
४) वैज्ञानिक विचार
५) संगठित पहल

लेनिनले बिशौ शदीमा क्रान्ति सम्पन्न हुनका लागि थप आधारहरु प्रस्तुत गर्दा निम्न कुराहरु प्रस्तुत गर्नु भयो ः

१) क्रान्तिकारी कम्युनिस्ट पार्टी
२) पुरानो सत्ताको असाध्यै संकट
३) जनताहरुमा चरप असन्तुष्टि
४) जनताहरु विद्रोहका लागि तयार हुनु

माओले लेनिन सम्मका आधारहरुलाई संश्लेषण गर्दै अर्ध सामन्ती तथा अर्ध औपनिवेशिक जस्ता देशमा जहाँको राज्य प्रणाली र आर्थिक सम्वन्ध सामन्तवादी प्रकृतिको छ । ती मुलुकमा क्रान्ति सम्पन्न गर्नका लागि थप नयाँ आधारहरु अघि सार्नु भयो ः

१) चरम साम्राज्यवादी हस्तक्षेप
२) जनताहरुको विद्रोही भावना
३) क्रान्तिकारी कम्युनिस्ट पार्टी
४) क्रान्तिकारी जनमुक्ति सेना
५) क्रान्तिकारी सयुक्त मोर्चा

नेपाली क्रान्तिका आधारहरु

सार्वभौम सत्य यो हो कि क्रान्तिका लागि केही सार्वभौमिक महत्वका आधार हुने गर्छन् । जहाँको क्रान्ति हरेक देशको आर्थिक र राजनीतिक सम्वन्धले निर्धारित पनि गर्र्ने गर्दछन् ।

हामीले नेपालमा क्रान्तिको तयारी गरिरहदा हाम्रा विशिष्ट आधार के के हुन सक्छन ? जस्ले क्रान्ति सम्पन्न गर्न मुख्य भुमिका निर्वाह गर्दछन् । लामो संघर्षपछि हामीले क्रान्ति र विद्रोहका निम्न आधारहरु निरधारण गरेका छौ ः

१. क्रान्तिकारी पार्टी
२. क्रान्तिकारी जनमुक्ति सेना
३. क्रान्तिकारी संयुक्त मोर्चा
४. मालेमावादी विचारधारा
५. अन्तर्राष्ट्रिय सम्वन्ध
६. जनयुद्ध र जनविद्रोहको समायोजन

नेपाली क्रान्तिका मौलिकताहरु

१).सदनको प्रयोग
२.) सरकारको प्रयोग
३) सहर र गाउँको सन्तुलन
४) खुल्ला र भुमिगत कामको तालमेल
५) सशस्त्र कार्यवाही र शान्तिवार्ताको प्रयोग

६) जनसंघर्ष र ससस्त्र संघर्षको प्रयोग

नेपाली क्रान्तिका उद्देश्यहरु

१) दलाल तथा सामन्तवादी राज्यसत्ताको अन्त्य गर्नु
२) जनवादी राज्यसत्ताको स्थापना गर्नु
३) उत्पीडित वर्ग, जाती, लिंगलाई अधिकार सम्पन्न बनाउनु
४) जनता र राष्ट्रलाई जनवाद, समाजवाद र साम्यवादतिर अग्रसर गराउनु
५) साम्राज्यवादी, विस्तारवादी मुख्यतः भारतीय हस्तक्षेपको विरुद्ध संघर्ष गर्दै स्वाधिन राष्ट्रको निमार्ण गर्नु

क्रान्तिका लागि केही संभावनायुक्त कारणहरु

नेपालमा क्रान्ति संभव छ र छैन भन्ने वहस भइरहदा हाम्रो पार्टीले संभव छ भन्ने निष्कर्स निकालेको छ । निष्कर्ष कुनै मनोगत लहड र इच्छाबाट भन्दा पनि खास वस्तुगत र आत्मगत ठोस आधारहरुवाट निकालेको छ । आधारहरु निम्नानुसार छन ः

१) दलाल पुँजीवादी राज्यसत्ता र जनताबीचको अन्तरविरोध चर्किएर जानु
२) नेपाली जनता र भारतीय विस्तारवादका बीचमा संघर्ष वढनु
३) नेपालभित्र दलाल र सामन्तहरु जनता भन्दा कमजोर हुनु
४) क्रान्तिकारी कम्युनिस्ट पार्टी नेकपा (माओवादी ) हुनु
५) श्रमिक जनता र माओवादी पार्टीबीचको एकता बलियो बन्दै जानु
६) जनतासँग अझै पनि जनमुक्ति सेना हुनु
७) जनताहरु आमुल परीवर्तनको पक्षमा रहनु
८) दलाल र सामन्तवादी राज्यसत्ता संकटपुर्ण बन्दै जानु

क्रान्तिका लागि आवश्यकता

क्रान्ति संभव छ परन्तु क्रान्तिका लागि हाम्रो पार्टी, हाम्रा नेता र कार्याकर्ताहरुले निम्न कुराहरुमा ध्यान दिनै पर्दछ ः

१) पार्टीको सुदृढ एकता
२) जनता र पार्टीबीचको हार्दिकतापूर्ण सम्वन्ध
३) व्यापक रुपमा जनवर्गीय संगठनको निर्माण
४) युवाहरुको व्यापक संगठन निमार्ण र योजनावद्ध परिचालन
५) पारित योजनाहरुको दृढ कार्यन्वयन
६) राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्वन्धमा कुशल कुटनीति
७) पार्टीले अघिसारेका चार तयारी सम्वन्धी काममा जोड

निचोड

नेपाली क्रान्ति जनयुद्धका दृष्टिले प्रत्याक्रमणमा छ भने समग्र क्रान्तिका दृष्टिले हेर्दा विद्रोहको चरणमा छ । हामीले विचारक माक्र्स देखि नेपाली क्रान्तिका शिक्षाहरुलाइ गहन रुपले आत्मसाथ गर्नु पर्छ ।

साथै नेपाली क्रान्तिका चुनौतीहरु र संभावनाहरुको सही प्रकारले बोध गर्दै योजनाहरुबाट समाधान दियौ भने नेपालले यो शताव्दीको सर्वहारा सत्ताद्वारा विश्वको सेवा गर्ने अवसर प्राप्त गर्नेे निश्चित छ ।

महासचिव विप्लवले केही वष अघि कम्युनिस्ट अाउटलुकका लागि लेखेकाे लेखबाट । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार