
माओवादी केन्द्र र त्यसका अध्यक्ष प्रचण्डले गलत बाटाे अपनाएकाे भन्दै विद्राेह गरेका नेताहरू गाेपाल किराती, लाेकेन्द्र विस्ट र अाहुतीलाई कारबाही गरिएकाे घाेषणा गरिएकाे छ ।
माअाेवादी केन्द्रकाे विहीबार बसेको केन्द्रीय सचिवालयको बैठकले गोपाल किराती, विश्वभक्त दुलाल (आहुती) र लोकेन्द्र विष्ट मगरलाई कारबाही गरेको बताएइकाे छ।
माओवादी बैठकले तीन नेता ‘पार्टीमा नरहेको’ सार्वजनिक घोषणा गर्ने निर्णय गरेको हो । उनीहरुमाथि कुनै आग्रह नराख्ने तर पार्टी एकता प्रक्रियामा सहभागी नभएकाले पार्टीमा नरहेको विज्ञप्ति जारी गर्ने निर्णय भएको माओवादी केन्द्रका एक नेताले बताएका छन ।
माओवादी केन्द्रले एमालेसँग पार्टी एकता गर्ने सहमति गरेलगत्तै तीन नेताले एकताको विरोध गर्दै माओवादी केन्द्र पुनगर्ठनको ाघोषणा गरेका थिए । साथै पछिल्लो समय तीनै नेताहरु बैद्य माओवादी र विप्लव नेकपाले गरेको संयुक्त कार्यक्रममा समेत उपस्थित भएका थिए ।
पूर्वमन्त्रीसमेत रहेका विष्टले केही पहिले नै माओवादी छाडेको बताएका थिए भने आहुतिले पछिल्लो समय माओवादी केन्द्र आफ्नो पार्टी नभएको र प्रचण्ड आफ्नो नेता नभएको अभिव्यक्ति दिएका थिए ।







