ओली सरकारको प्रहरी दमन र हस्तक्षेपको विरुद्ध नेपाल कम्युनिस्ट पार्टीद्वारा शुक्रबार देशैभरी केपी ओलीको पुत्ला जलाउने कार्यक्रम सम्पन्न भएकाे छ ।

देशैभरि नेकपाले केपी अाेलीकाे पुत्ला दहन गरेकाे हाे । यसैक्रममा चितवन, धनकुटा, स्याङजा, सिन्धुली र गुल्मीलगायत ठाउँमा नेकपाले पुत्ला दहन गरेकाे छ ।

चितवन भरतपुर स्थित हाकिमचोकमा र चितवनकै टाँडीमा पुत्ला जलाउने काम सम्पन्न गरेको नेकपा चितवनले जनाएको छ । उता पूर्वी कमाणड अन्तर्गत धनकुटाकाे पाखीबास पनि केपी अाेलीकाे पुत्ला जलाउने कार्यक्रम सम्पन्न भएकाे छ। यसैगरी स्याङ्जाकाे मायाटारि बजारमा केपी ओलिको पुत्ला दहन कार्यक्रम सम्पन्न भएको छ ।

त्यसैगरी नेकपाद्धारा  सिन्धुलीको हरिहरपुरगढी ८ पानताले र हरिहरपुरगढीकै १ जीतपुरमा ओलीको पुत्ला जलाउने कार्यक्रम सम्पन्न भएको छ । यसैगरी गुल्मीको तम्घासमा आेलीको पुत्ला दहन कार्यक्रम सम्पन्न गरेको छ । पार्टीको पूर्वघोषित कार्यक्रम अनुसार शुक्रबार करिब १ : १५ मा  गुल्मीको सदरमुकाम तम्घासमा केपी ओलीको पुत्ला जलाएको नेकपा गल्मीले जनाएको छ ।

यस्तै कञ्चनपुरको झलारी बजार र महेन्द्रनगरको चम्मनचोकमा केपी ओली पुत्ला जलाउने कार्यक्रम सम्मपन्न भएको छ । बिहानै देखि सुरुक्षाकर्मीहरुको वाक्लो उपस्थिति रहेको अवस्थामा पनि केपी ओलीको कञ्चनपुरमा पुत्ला जलाउन नेकपाका कार्यकर्ता सफल भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार