
सरकारले नेपाल कम्युनिस्ट पार्टी निकट नेता र कायकता गिरफतार गरेर दमनकाे बाटाे अपनाएकाे छ ।
यसै क्रममा काठमाडाैंबाट नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का महासचिव दिपेन्द्र चलाउनेलाई प्रहरीले गिरफ्तार गरेको छ। चलाउनेलाई बाटोमा हिडिरहेको अवस्थामा शुक्रबार बिहान १० बजे प्रहरीले गिरफ्तार गरेको हो ।
उनलाई कमलपोखरी बृतमा राखिएको बताइएको छ । अखिल (क्रान्तिकारी)ले आफ्ना नेता चलाउनेलाई बिनाकारण पक्राउ गरेको भन्दै तत्काल रिहाइको माग गरेको छ ।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीका दाङ सेक्रेटरी विक्रमसहित ३ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । घोराहीको तुलसीपुर चोकमा हिडिरहेको अवस्थामा पार्टीका जिल्ला सेक्रेटरी विक्रम, दलित मुक्ति मोर्चाका जिल्ला सुरज परियार र पार्टीका गढवा गाउँपालिकाका सेक्रेटरी ओम प्रकाश चौधरीलाई बिनाकारण प्रहरीले गिरफ्तार गरेको हो ।
शान्तिपूर्ण रुपमा सार्वजनिक ठाउँमा कार्यक्रम गर्न पाउने, बोल्न पाउने, हिड्न पाउनु पर्ने अधिकारलाई कुण्ठित गर्दै कुनैकारण गिरफ्तारीमा पर्नुभएका जिल्ला सेक्रेटरी लगायत ३ जनालाई छिटोभन्दा छिटो रिहा गर्न नेकपाका राप्ती ब्युरो इन्चार्ज सुवासले माग गरेका छन् ।
अन्यथा रिहा नगरिए संघर्ष कडा गर्न बाध्य हुने र त्यसको जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन् ।







