
माओवादी केन्द्रले एमालेसँगको एकता प्रक्रियाप्रति असन्तुष्ट रहेको भन्दै कारबाही गरेका नेता गोपाल किरातीले उल्टै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कारबाही गरिएको भन्दै अाफुलाई साथ दिन वाइसिएललगायत पाटीका नेता कायकतामा अपिल गरेका छन् ।
किरातीले शुक्रबार एक विज्ञेप्ती जारी गरेर यस्ताे अपिल गरेका हुन ।सामाजिक सञ्जाल फेसबुकमार्फत किरातीले प्रचण्डसहितका नेतालाई ‘दाहाल एण्ड कम्पनी’ को संज्ञा दिँदै उनीहरु माओवादी केन्द्रमा नरहेको दाबी गरेका छन् ।
‘दक्षिणन्थी काण्डको भण्डाफोर गर्दै नेकपा माओवादी केन्द्र पुनर्गगठनको आव्हान’ गरिएको क्रान्तिकारी निर्णयलाई अभियोग दाहाल एण्ड कम्पनीले ‘कथित कारबाही’ गरेकोमा त्यस कम्पनीलाई धन्यवाद दिने किरातीले विज्ञेप्तीमा उल्लेख गरेका छन ।
विज्ञेप्तीमा किरातीले अाफुहरूलाइ प्रचन्डद्धारा कारबाहीकाे घाेषणा माओवादको विज्ञान र पहिचान मुद्दामाथिको कारबाही हो भनेका छन ।







