
सामाजिक फासिवादी प्रधानमन्त्री केपी ओली सरकारको प्रहरी दमन र हस्तक्षेपको विरुद्ध शनिबार नेपाल कम्युनिस्ट पार्टीद्वारा देशैभरी विरुद्ध विरोध प्रदर्शन भएकाे छ ।
पार्टीका स्थायी सदस्य हेमन्तप्रकाश ओलाी ‘सुदर्शन’ र पोलिट ब्युरो सदस्य पदम राई‘विकास’ गिरफतारीका विरूद्ध नेकपाले देशव्यापी रूपमा विराेध प्रदशन गरेकाे हाे ।
नेकपाले चितवन, कंचनपुरलगायत देशैभरि नारा जुलुशसहित प्रदर्शन गरेकाे छ ।
यसैक्रममा चितवनको भरतपुर महानगरपालिका वडा नं. ६ स्थित अन्नपूर्णचोकबाट विरोध प्रदर्शनसहित नाराजुलुश लागएर इटानगरबजारमा पुगेर विरोध प्रदर्शन सम्पन्न भएकाे छ । त्यसैगरी कंचनपुरमा पनि विराेध प्रदर्शन सम्पन्न भएकाे छ ।
नेकपाका कार्यकर्ता, समर्थक, शुभचिन्तकहरुले बाइसाकिलमा चढरे नाराजुलुशसहित विरोध प्रदर्शन गरेका छन् ।







