नयाँ शक्ति नेपालले आसन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट पार्टीको नाम परिवर्तन गर्ने निर्णय भएको छ ।

एक वर्षभित्र गर्ने पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट यस्ताे नाम परिवर्तन गर्न लागेकाे हाे । त्यसका लागि छलफलबाट उपयुक्त नाम तय गर्ने पनि जनाइएको छ।

हालै लुम्बिनीमा सम्पन्न नयाँ शक्तिकाे लुम्बिनी विस्तारीत बैठकले यस्ताे निर्णय गरेकाे हाे । बैठकले आफ्नो केन्द्रीय कार्यकारी समितिलाई दुई अंकमा झारेको छ।

बैठकले  पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई संघीय परिषद्को चौथो विस्तारित बैठकद्वारा सर्वसम्मतिले पुनः संयोजक पदमा चयन समेत गरेको छ। साथै बैठकले कार्यकारी समितिलाई ९९ सदस्यीय बनाएको छ।

त्यस्तै महाधिवेशन आयोजक समितिको अभिन्न अंगका रुपमा केन्द्रीय कार्यकारी समितिसहित ३५ सदस्यीय संरक्षक परिषद् र १५ सदस्यीय विज्ञ परिषद् गठन गरेको नयाँ शक्तिले जनाएको छ।

दस्तावेज परिमार्जन गर्नका लागि संयोजक डा. बाबुराम भट्टराईको संयोजकत्वमा देवी प्रसाद ओझा, डम्बर खतिवडा, गंगा नारायण श्रेष्ठ र कल्पना धमला रहेको ५ सदस्यीय समिति बनाएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार