
केपी ओली सरकारमा माओवादी केन्द्रबाट सहभागी हुने मन्त्री छनोटमा शीर्ष नेतृत्वलार्इ निकै ठूलाे सकस पैदा भएकाे छ।
अाेली सरकारम पुग्न शक्तिशाली मन्त्रालयमा अाँखा लगाउनेदेखि मन्त्री बन्ने आकांक्षी धेरै भएपछि शीर्ष नेतृत्वमा रहेका प्रचण्ड, नारायणकाजी र बादललार्इ छनोटमा ठूलाे समस्या पैदा भएको हो ।
माओवादी केन्द्रले मन्त्री छान्ने जिम्मेवारी अध्यक्ष प्रचण्ड, नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललाई दिएको थियो।
मन्त्री छनोटकालागि शनिबार भएको छलफलमा सहमति जुट्न नसकेको माओवादी केन्द्रकाे उच्च स्राेतले बतायाे ।







