
माओवादी नेता लोकेन्द्र विष्टमगरले प्रचण्ड केपी अाेलीसँग पाेइल गएकाे बताएका छन् । विष्टले जनयुद्धका कमाण्डर एमालेमा पोइल गएर माओवादी केन्द्रको अस्तित्व समाप्त पारेको नेता विष्टकाे गंभीर अाराेप छ ।
एक संचारमाध्यमसँगको कुराकानीमा नेता विष्टले माओवादी केन्द्र पार्टी अस्तित्वमा नरहेको भन्दै उनीहरूले अाफुहरूलार्इ कारवाही गर्नुको कुनै अर्थ नभएको जिकिर गरे । ‘
गोपाल किराती र विश्वभक्त दुलाल र अाफूहरू एमालेमा विलय हुने माओवादी केन्द्रको निर्णयमा सहभागी नभएको विष्टकाे स्पष्टाेक्ति थियाे । किराती र अाहुती नयाँ पार्टी निर्माणमा जुटेको तर अाफूा भने कुनै पार्टीमा अावद्ध नभएको समेत दाबी गरे ।
क्रान्तिकारी छवि भएको पार्टीमा अाफ्नो समर्थन र अावद्धता रहने बताउँदैअगाडि विष्टले भने, ‘म अहिले नै कुनै पार्टीमा आवद्ध भएको छैन् । तर कान्तिकारी छबी भएका राजनीतिक दलमा मेरो आवद्धता र समर्थन हुनसक्छ ।’
विष्टले राष्ट्र र जनताको पक्षमा काम गर्ने पार्टीमा अाफू लाग्ने बताए ।
विष्ट २०३६ सालदेखि राजनीतिमा सक्रिय छन् । जनयुद्ध सुरु गर्दाकाे उनी एक केन्द्रीय सदस्य समेत हुन् ।







