माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य प्रकाश रोकायाले ६ नम्बर प्रदेशका सबै सांसदहरुलाई ‘लेण्डुप’ काे गंभीर अाराेप लगाएका छन् ।

प्रदेश सभा बैठकले प्रदेशको नाम र राजधनीबारे गरेको निर्णयप्रति असन्तुष्टी जनाउँदै नेता रोकायाले कर्णालीलाई राजधानीसँग साटेको बताएका छन् । उनले कर्णालीको नाम बचेको अारोप समेत लगाएका छन् ।

कर्णाली जनअधिकार मंचका अध्यक्ष समेत रहेका नेता रोकायाले छलफल, सुझाव र बहस नगरी प्रदेशको नाम र राजधानीबारे निर्णय गरेको बताएका छन् । उनले कर्णाली स्वास्यत्त प्रदेशको अावश्यकता प्रष्ट भएको समेत बताएका छन् ।

सामाजिक संजालमा रोकायाले लेखेका छन्ः 

अाज सुर्खेतमा लेण्डुपहरुले कर्णालीसँग राजधानी साट्ने काम गरेछन् ।कर्णालीकाे नाम बेचेर राजधानीकाे नामाकरण गर्नमा हताराे किन ?
कर्णाली मरेकाे छैन ज्युदैछ भन्ने हेक्का हाेस् दलालहरुलाई ।

बिना छलफल, बिना सुझाव र बिना बहस के बाध्यता अाईलाग्याे लेण्डुपहरुलाई ? तसर्थ कर्णाली बिशेष स्वायत्त प्रदेश अब छिट्टै अावश्यक छ भन्ने अाज स्पष्ट भएको छ ।

अब भाेलिबाट के-के हुन्छ सम्पर्कमा अाउन सम्पूर्ण कर्णालीबासीमा अनुराेध छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार