माओवादी केन्द्रमा शक्तिशाली मन्त्री र मन्त्री बन्नेको होडबाजी चलेपछि आज पनि मन्त्रीमण्डल विस्तार नहुने भएको छ ।

कुन मन्त्रालय कसलाई दिने र कसलाई सरकारमा पठाउने भन्नेबारे माओवादी केन्द्रमा ठूलो विवाद निम्तिएपछि मन्त्रीमण्डल विस्तारमा समस्या पैदा भएको हो ।

यसैगरी एमालेमा पनि मन्त्री बन्ने आकांक्षीहरु अत्याधिक बढेपछि एमालेबाट पनि सरकार विस्तारमा ढिलासुस्ती बढेको छ ।

राष्टपति, उपराष्टपति, सभामुखलगायत पदमा पनि एमाले र माओवादी केन्द्रबीच ठुलो विवाद पैदा भएको बताइएको छ ।

सबैभन्दा ठूलो विवाद माओवादी केन्द्रमा छ । हेभीवाला मन्त्रालयमा सबैको आँखा गएपछि शीर्ष नेताहरुलाई व्यवस्थापन गर्न समस्या पैदा भएको छ ।

यो समस्या कहिलेसम्म लम्बिने हो अझै निक्र्योल हुन नसकेको उच्च स्रोतको दाबी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार