भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीका दुत भगतसिंह कोशीयारीले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको वर्तमान वाम गठबन्धनको सरकारसँग मिलेर काम गर्न भारत तयार रहेको विश्वास दिलाएका छन् ।

काठमाडाैं अाएका काेशियारीले भने ,‘काठमाडौंमा यो दुई दिने बसाईका क्रममा सबैसँग भेटघाट भयो, मैले सबैसँगको भेटमा ओलीजीको नेतृत्वमा बनेको वाम गठबन्धनको सरकारको प्रशंसा गरेको छु, बास्तवमा ओलीजी प्रधानमन्त्री हुनुभएको छ, हामी यसमा निकै खुशी छौं।’

भाजपाका पूर्व उपाध्यक्ष समेत रहेका प्रभावशाली नेता कोशियारीले भने,‘ओलीजीको पालामा नेपाल–भारत सम्बन्ध राम्रो हुन्छ, अब म खुशी हुन्छु । किनकी भारतमा सन् २०१९ मा हुने लोकसभा निर्वाचनमा म उठ्दिन् । मेरो चाहना भनेको द्धिपक्षीय सम्बन्ध अति नै राम्रो भएको हेर्नु हो, यसकै लागि म काम गरिरहेको छु।’

कोशियारीले प्रधानमन्त्री ओलीसँग मिलेर काम गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तयार रहेको पनि सुनाए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार