नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सुर्खेतका स्थानीय जनप्रतिनिधीको राजीनामा माग गर्दै पत्राचार गरेपछि जनप्रतिनिधिहरू अातंकित बनेका छन् ।

नेकपाकाे अाफ्नै सत्ता जनपरिषदले सुर्खेतका गाउँ तथा नगर प्रमुख उपप्रमुख लगायत वडा कार्यालयमा पत्राचा गरेर तत्काल राजीनामा दिन धम्की दिएपछि जनप्रतिनिधीहरू अातंकित बनेका हुन् ।

नेकपाले पत्रमार्फत राजीनामा नदिए भौतिक कारवाही गर्ने चेतावनी दिएको छ । विप्लवको पत्रले जनप्रनिनिधी त्रसित बनेका छन् ।

राजिनामा माग गरिएको एउटै बेहोराको पत्र सुर्खेतका अधिकांश स्थानीय तहका प्रतिनिधिको हातहातमा पुगेको छ । पत्रमा विस्तृत शान्ति सम्झौता उल्लघन गरेको, प्रचण्ड, बाबुरामले आत्मसर्मपणसहित नेपाली कांग्रेस र नेकपा एमालेले गम्भीर प्रकारको धोका दिएको उल्लेख गरिएको छ ।

पत्रमा जनप्रतिनिधिले कमिसन र जनताको ढाड सेक्‍नेगरी कर वृद्धि गर्ने कार्यमा जनप्रतिनिधि लागेको जानकारी भएको बताइएको छ ।

“कथित संसदीय चुनावमा तपाईँलाई उम्मेदवार नहुन र खारेज अभियानमा साथ दिन हाम्रो पार्टीले अपील गरेको थियो । यो अपिललाई तपाईँले उलंघन गरेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ नेकपाले पत्रमा भनेकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार