माअाेवादी केन्द्रमा गृहमन्त्रीलार्इ लिएर वरिष्ठ नेता रामबहादुर थापा बादल र वर्षमान पुन अनन्तबीच एक अापसकाे दाबीपछि ठूलाे लफडा सिर्जना भएकाे छ ।

बादलले गृहमन्त्रालयमा दावी पेस गरेपछि बर्षमान पक्ष आक्रोशित बनेको छ।

लाभकाे पदमा अहिले हिजो पार्टी फुटाउनेहरुको हालिमुहाली भएकाे, पार्टी फुटाउनेहरु अध्यक्षबाट पुरस्कृत भइरहेकाे भन्दै बर्षमानले प्रचण्डलार्इ बादललार्इ काखी नचेप्न धम्की दिएकाे बताइएकाे छ ।

‘बर्षमानजीहरुले अप्ठ्यारो अवस्थामा पार्टी र अध्यक्षका पक्षमा काम पनि गर्नु र आज उहाँहरु नै अपमानित हुनु त न्यायसंगत भएन, उहाँहरुले फुटाएपछि पार्टीको हालत के भयो भन्ने पनि ख्याल गर्नुपर्छ।’ पुन निकट एक नेताकाे अाक्राेश छ ।

प्रतिनिधि र प्रदेशसभामा पनि बादल पक्षकै हालिमुहाली रहेको भन्दै माओवादीभित्र बर्षमान पक्ष असन्तुष्ट छ। प्रचण्डले बादल समूहलाई महत्व दिएर विगतदेखि नै आफुलाई सहयोग गर्दै आएको समुहलाई पाखा लगाएको बर्षमानको थप अाक्राेश छ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार