माओवादी केन्द्रले यसपाली सरकारमा जाने लिस्टमा केही पूराना र नयाँ मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।

यसपटककाे नयाँ मन्त्री बन्ने लिष्टमा पार्टी सुप्रिमाे प्रचण्डकाे बुहारी वीना मगरदेखि तरार्इबाट प्रतिनिधित्व गर्दै अमनलाल माेदीसमेत सहभागी हुने भएका छन् ।

माओवादी केन्द्रबाट प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा नेता रामबहादुर थापा, बर्षमान पुन, गिरिराजमणी पोखरेल, शक्तिबहादुर बस्नेत, मात्रिका यादवलगायत मन्त्री हुने  लर्खरमा छन् ।

यसअघि जनार्दन शर्मा, अग्निप्रसाद सापकोटालगायत अरू कयाैंकाे मन्त्री हुनेमा चर्चा थियो । प्रचण्डले उनीहरूलार्इ अाफु प्रधानमन्त्री हुँदा मन्त्री बनाउने अाश्वासन दिएपछि तत्काल समस्या टरेकाे बुझिएकाे छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार