नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले २३ अाैं जनयुद्ध दिवसअन्तर्गत शहिद सप्ताहकाे अवसरमा जनयुद्धका महान् सहिदहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।

साथै महासचिव विप्लवले जनयुद्धका सहिद परिवारप्रति उच्च अभिनन्दन समेत व्यक्त गरेका छन् ।

‘अादरणीय सहिद उच्च उच्च सम्मान, लाख लाख सलाम । हामी त्यहीबाट अगाडि बढिरहेका छाैं, जहाँबाट तिमी र हामीले साझा सपना महान् समाजवाद र साम्यवादकाे सपना देखेका थियाैं ।’ जनयुद्धका सहिद परिवारलार्इ अभिनन्दन पत्रमा महासचिव विप्लवले भनेका छन्- ‘एक दिन हाम्राे सपना पूरा गरिछाड्ने छाैं ।’

महासचिव विप्लवले जनयुद्धका घाइते र बेपत्ता परिवारप्रति पनि उच्च सम्मान जाहेर गरेका छन् ।

‘अादरणीय महान् सहीद तथा वेपत्ता परिवार र घाइते याेद्धाहरू हृदयदेखिकाे सम्मान ।’ महासचिव विप्लवले सम्मान पत्रमा भनेका छन्- ‘हाम्राे परिवारकाे साथ चुडाउने, रगत बगाउने र जनतालार्इ गएगुज्रेकाे जीवनमा धकेल्ने प्रतिक्रियावादी दलाल संसदीय व्यवस्थालार्इ घृणा गराैं ।’

‘वैज्ञानिक समाजवादका लागि एकीकृत जनक्रान्तिमा सहभागी बनाैं’ भन्दै महासचिव विप्लवले सम्मानपत्रकाे अन्त्यमा यस्ताे सन्देश दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार