
नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा जनपरिषद प्रमुख सन्तोष बुढामगरले प्रचण्डले हिजाे जनयुद्धमा जाेसँग लडेका थिए अाज उसकै खुट्टा ढाेग्न पुगेकाे अाराेप लगाएका छन् ।
दश वर्षे जनयुद्धमा कांग्रेस एमालेसँग मुख्य लडाइँ परेकाे इतिहास सम्झदै नेता बुढाले अहिले सहिदकाे सपना बेचेर संसदमा रमाएकाे बताए ।
नेकपा स्थायी समिति सदस्य समेत रहेका बुढामगरले पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी)को सल्यान जिल्ला सम्मेलनमा बोल्दै नेता बुढामगरले यस्ताे बताएका हुन् ।
काँग्रेस-एमालेका कारण जनयुद्ध भएको बताउँदै नेता बुढामगरले जनयुद्धको नेतृत्व गरेका प्रचण्ड सत्ता स्वार्थमा लागेको बताए । उनले भने, ‘जसका विरुद्ध जनयुद्ध भएको थियो उनैको खुट्टा समाउन पुगेका छन् प्रचण्ड ।’ प्रचण्डले सहिदकाे सपना लत्याएर गएपनि अब क्रान्तिकाे नेतृत्व अाफुहरुले समाल्ने नेता बुढामगरले प्रतिवद्धता जाहेर समेत गरे ।
राज्यले दमन जारी राखे अाफ्नो पार्टीको नेतृत्वमा जनताले प्रतिकार गर्ने उनले बताए । अहिले एमाले-माकेले पार्टीकाे नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्न खाेजे पनि सच्चा कम्युनिस्ट अाफुहरु भएकाे उनले दावी गरे । कम्युनिस्ट विचार नै नभएकाले ‘नेकपा’ नाम राख्ने प्रयास गरेर जनतालार्इ भड्काउन खाेजेकाे भन्दै बुढाले बताए ।
उनले जनयुद्धपछि पनि नेपालमा चुसिखाने वर्ग र गरिखाने वर्ग रहेको बताउँदै नेता बुढाले गरिखाने वर्गको नेतृत्व अाफ्नो पार्टीले गरेको र अर्को वर्गको नेतृत्व देउवा,ओली र प्रचण्डले गरेको बताए ।







