
नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (मसाल)काबीच पार्टी एकताका विषयमा छलफल भएकाे छ ।
नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य‘किरण’ र नेकपा (मसाल)का महामन्त्री पार्टी एकता र कार्यगत एकताका विषयमा छलफल भएको हाे ।
दुवै पार्टीका नेताहरुबीच पार्टी एकता र कार्यगत एकताका विषयमा छलफल भएको छ । छलफलमा मिल्ने विषयहरुमा सहकार्य गर्दै पार्टी एकताका लागि आधार तयार पार्ने, छलफललाई निरन्तर रुपमा अगाडि बढाउने सहमति भएको छ ।
अन्य पक्षहरुसँग पनि छलफल अघि बढाउने सहमति भएको क्रान्तिकारी माओवादीका नेता श्रीसले जानकारी दिएका छन् ।
पछिल्ला दिनमा क्रान्तिकारी माओवादीले सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुबीचको एकीकरण र ध्रुवीकरणमा जोड दिंदै आएको छ ।







