
१० दिनकाे लामाे हिरासतपछि नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ मंगलबार रिहाइ भएका छन् ।
नेकपा पोलिटब्युरो सदस्य पदम राई ‘विकास’ लाई भने थप अनुसन्धान गर्ने भन्दै भोजपुर लगिएको बताइएकाे छ ।
नेता द्धयलार्इ फागुन ६ गते मोरङको विराटनगरमा आयोजित युवा जनस्वयंसेवकको राष्ट्रिय सम्मेलनमा जाँदै गर्दा प्रहरीले पक्राउ गरेकाे थियाे ।
नेकपा नेताद्धय ओली र राईलगायत नेता–कार्यकर्तालाई प्रहरीले बिनाकारण गिरफ्तार गरेको भन्दै पार्टीले नेपालबदलगायत देशैभरि अान्दाेलनकाे घाेषणा गरेकाे थियो ।
पीबीएम रार्इलाई प्रहरीले भोजपुर जिल्ला अदालतमा झुट्टा मुद्दाका लागि थप अनुसन्धान गर्न लगिएको बुझिएकाे छ ।







