नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले यही फागुन २० गते अाम शैक्षिक हड्ताको घोषणा गरेको छ ।

अखिल (क्रान्तिकारी) ले गिरफ्तार नेता-कार्यकर्तालाई रिहाइ नगरेको भन्दै विरोधस्वरुप हड्‍तालको घोषणा गरेको बताएकाे छ ।

संगठनका अध्यक्ष पूर्णबहादुर सिंहले विज्ञप्ति जारी गरेर संगठनका महासचिव दिपेन्द्र चलाउनेलगायतका गिरफ्तार नेता-कार्यकर्ताहरुको रिहाइको माग गर्दै शैक्षिक अाम हड्‍तालसहितका संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।

राष्ट्रिय सम्मेलनको तयारीमा रहेका संगठनका नेताहरुलाई ओली नेतृत्वको सरकारले गुण्डागर्दीशैलीमा गिरफ्तार गरेरको भन्दै अध्यक्ष सिंहले अान्दाेलनकाे बाध्यात्मक कदम चाल्नु परेकाे बताएका छन् ।

“सामाजिक दलाल सत्ताको तुच्छ हर्कतले उनीहरुको दुहाई दिँदै आएको कथित लोकतन्त्रको मुकुण्डो धुजाधुजा भएको छ । गिरफ्तारीको आवरणमा राज्यद्वारा अपहरणमा पर्नु भएका संगठनका महासचिवलगयात सबै कमरेडहरुको विना शर्त यथाशिघ्र रिहाई गर्न जाडदार माग गर्दछौं ।’ अध्यक्ष सिंहले जारी विज्ञप्तिमा उल्लेख छ- ‘आज विद्यार्थीको राजनीतिक र शैक्षिक अधिकार सुनिश्चितताको लागि संघर्षका कार्यक्रमहरु घोषणा गरिएको छ ।”

घोषणा गरिएका संघर्षका कार्यक्रमहरूमा फागुन १६ गते देशव्यापी विरोध प्रदर्शन, फागुन १७, १८ प्रचारप्रसार, फागुन १९ अन्तरक्रिया, फागुन २० गते आम शैक्षिक हड्ताल रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार