नेपाल कम्युनिस्ट पार्टीका पाेलिटव्युराे सदस्य भरत बम रणवीरले महासचिवकाे नाममा जारी गरेकाे वारेन्ट पुर्जीलार्इ सरकार दमनकाे बाटाेमा गएकाे भन्दै त्यसकाे क्रान्तिकारीहरूले डटेर प्रतिराेध गर्ने चेतावनी दिएका छन् ।

सामाजिक संजाल फेसबुकबाट नेता रणवीरले यस्ताे चेतावनी दिएका हुन् ।

उनले भनेका छन् –

१) सरल शब्दमा भन्दा यो सरकारको दमन गर्ने संकेत हो यसले अनिवार्य प्रतिरोध जन्माउछ ।

२) विप्लवले अगाडि सारेको राजनैतिक विचारमा राज्यले हारेको छ र उसले बन्दुक र कानुन अगाडि सारेको छ ।

३) विप्लवको वारेन्टलाई प्रतिक्रान्तिले क्रान्तिलाई र दलालले स्वाभिमानलाई वारेन्ट जारी गरेको अर्थमा बुझ्नुपर्छ ।

४) साम्राज्यवादको रणनीति अनुरुप कम्युनिस्टको बदनाम गरेर कम्युनिस्टको अन्त्य गर्ने उदेश्यसहित अहिले सामाजिक दलाल पुँजीवाद ( बाम गठबन्धन ) जोति बशुको नयाँ संस्करणको रूपमा अगाडि आएको छ त्यसैले उस्को यो दमनात्मक कदम अपेक्षित छ यस्ले अझै क्रूर र फासीवादी रुप लिनेछ ।

५) विप्लवको वारेन्टले क्रान्ति नयाँ चरणमा प्रवेशको ब्यवहारिक अभिव्यक्ति मात्रै दिएको हो । यो निचोड पार्टीले कथित चुनावपछि नै निकालिसकेको हो ।

६)अहिलेसम्म संसारमा न बन्दुकले विचार मार्न सक्यो न त दमनले क्रान्ति नै रोक्न सक्यो । फेरि हामीले त क्रान्तिको नयाँ कार्यदिशा एकीकृत जनक्रान्ती अगाडि सारेका छौ । त्यसैले यो दलाल राज्यको प्रतिक्रान्तिकारी दमनको सम्पुर्ण रुपले प्रतिवाद गरिनेछ ।

७) राज्य युद्धको बाटोमा छ । हामी त्यस्को अन्त्य क्रान्तिद्वारा गर्नेछौ । दलाल राज्य बाट शान्ति र समृद्धि सम्भव छैन किनकि क्रान्तिले मात्रै वास्तविक शान्ति र समृद्धि ल्याउनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार