
प्रचण्डले नेतृत्व गरेकाे माअाेवादी केन्द्र निकट रंजित तामाङकाे नेतृत्वमा रहेकाे अखिल क्रान्तिकारी एमाले अखिलमा विसर्जन भएकाे भन्दै अालाेक रायमाझीकाे नेतृत्वमा अखिल क्रान्तिकारीले राष्ट्रिय भेलाबाट नयाँ केन्द्रीय समिति पुनर्गठन गरेकाे छ ।
अखिल (क्रान्तिकारी) पुर्नगठनको सम्पन्न पहिलो राष्ट्रिय भेलाबाट आलोक रायमाझीको संयोजकत्वमा ४० सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक समिति चयन गरिएकाे छ ।
नेकपा माओवाद केन्द्र एमालेमा विलय भएको भन्दै नेता गोपाल किरातीले माओवादी केन्द्रको पुर्नगठन गरेसँगै विद्यार्थी संगठन पुर्नगठन गरिएको अखिल क्रान्तिकारीले बताएकाे छ ।
माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको मुल नेतृत्व शैक्षिक क्षेत्रका मुद्दा छोडेर पार्टी नेतृत्वसँगै दक्षिणपन्थी गठबन्धनमा समाहित भएको कारण आफूहरुले विद्यार्थी संगठन पुर्नगठन गर्नु परेको संयोजक रायमाझीले जानकारी दिए ।
भेलालाई शुभकामना दिँदै नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’, माओवादी नेता लोकेन्द्र विष्टमगर र नेता विश्वभक्त दुलाल ‘आहुती’ले भेला क्रान्तिकारी कम्युनिस्टहरुको मिलनको सेतु भएको बताए ।
भेलाको बन्द शर्तलाई सम्बोधन गर्दै पुर्नगठित माओवादी केन्द्रका संयोजक गोपाल किरातीले दक्षिणपन्थी संशोधनवादविरुद्ध शसक्त रुपमा अगाडि बढ्न विद्यार्थी नेताहरुलाई निर्देशन दिए ।
माओवादी र पहिचानको मुद्दालाई स्थापित गर्न देशभर संगठन विस्तार गर्दै नयाँ आन्दोलन सृष्टि गर्नुपर्ने किरातीले आवश्यकता रहेको औल्याए ।
संयोजक रायमाझीले शैक्षिक क्षेत्रमा मौलाइरहेको दलाली र माफियाकरणविरुद्ध आन्दोलनसँगै संगठन पुर्नगठन गर्ने अभियान चलाउने बताए । उनल अाफूहरु असली क्रान्तिकारी भएको बताउँदै संगठनको नाम अखिल क्रान्तिकारी नै राख्ने बताए ।








