कुनै बेला दोस्ती रहेका नवनियुक्त गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच अहिले लुकामारी सुरु भएको छ ।

गृहमन्त्री भएलगत्तै बादलले कुनै बेलाका आफ्नै सहयोद्धा दोष्ती विप्लवलाई पक्राउ पुर्जी जारी गर्न लगाए ।

यसले अहिले राजनीतिक वृत्तमा तरंग पैदा गरिदिएको छ । तत्कालिन एकीकृत माओवादीबाट बादल र विप्लव प्रचण्डसँग ठुलो असन्तुष्टि पोख्दै बाहिरिएका थिए । उनीहरुले मोहन बैद्यको नेतृत्वमा नयाँ पार्टी नै खोले । तर बादल पछि पूनः प्रचण्ड नेतृत्वको पार्टीमै फर्किए ।

यो बीचमा विप्लवले मोहन बैद्यसँग पनि अलग भएर नेकपा गठन गरे । उनी अर्धभूमिगत जस्तो बनेका छन् । स्थानीय तहको निर्वाचनदेखि हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचन समेत बहिष्कार गरेको विप्लव माओवादीले थुप्रै भूमिगत बैठक समेत आयोजना गरिसकेको छ ।

कुनै बेलाको दोस्ती सम्बन्ध रहेको बादल–विप्लवबीच अहिले यस्तो संयोग छ । एक जना भूमिगत पार्टीकाे सर्वाेच्च नेता र अर्को मुलुकको गृह प्रशासनको जिम्मेवारी सम्हाल्ने । त्यसैले होला, बादल गृहमन्त्रीमा नियुक्त भएको भोलिपल्टै भोजपुरमा भएको विस्फोट पदार्थ र ज्यान मार्ने उद्योगको कसुरमा दोषी मान्दै विप्लवलाई पक्राउ गर्ने सूचना टाँस भयो । यो विषयले अहिले राजनीति राम्रोसँगै तातेको छ ।

कतिपयले एमाले–माओवादी केन्दको नेतृत्वमा बनेको वर्तमान सरकार आएपछि भएको यो घटनाले विप्लवमाथि सरकारको नीतिको सङ्केत गरेको कतिपयले विश्लेषण समेत गरेका छन् ।

विप्लवलाई सरकारले पक्राउ पुर्जी जारी गरेको छ । यो अवस्थामा बादलले विप्लवलाई समात्न निर्देशन देलान त ? यो अहिले चासोको विषय बनेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार