भारतीय राजदूत मञ्जीभसिंह पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । राजदूत पुरीले आज प्रधानमन्त्री निवासमा भेटेका हुन् ।

हाेली पर्वकाे अवसरमा भएकाे भेटमा समसायिक राजनीतिक विषय र फोरमलाई सरकारमा लाने विषयमा पनि छलफल भएको स्रोतले बतायो ।

राजदूत पूरीले फोरमलाई पनि उचित जिम्मेवारी दिएर सरकारमा लैजान आग्रह गरेका थिए । जवाफमा ओलीले सहमतिको प्रयास भएकाले मिलेर जाने आश्वाशन दिएका थिए ।

होली पर्वलाई आपसी प्रेम, सद्भाव, मैत्री र घनिष्टता अभिवृद्धि गर्ने पर्वका रुपमा नेपाल र भारतभर मनाउने प्रचलन छ । रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार