झट्ट हेर्दा लक्का जवानजस्तै मुस्कुराइरहने स्वभाव हाँसिला र फुर्तिला पञ्चराम रोका पर्वत कुनैबेला माओवादी वृतका चर्चित कलाकार थिए । छमछमी नाच्ने पर्वतर्लाइ भेरी कणार्ली क्षेत्रमा माओवादी कलाकारको मोडल भनेर चिन्थे । तर अहिले त्याे बेलाका मोडल पर्वत जस्ताको तस्तै छैनन् । राम्रोसँग बोल्न जिब्रो आउँदैन, हातखुटा पनि राम्रोसँग चल्दैनन् । शरीरका अस्थीपञ्जरहरूले समेत साथ दिन छोडिसकेकाे छ । उनी अहिले न राम्ररी हिडन सक्छन्, न राम्ररी बोल्न सक्छन् ।

आफुले लामो समय त्याग र बलिदान गरेको पार्टी सरकारमा भएको मौका छोपी केही थान सपनाहरू बोकी काठमाडौँ आएका उनी भन्छन “सडकमा पुगियो” । केही साथीहरूको सहारा लिएर काठमाडौँ पुगेका पर्वत सुन्धारा भेटिए । मुसुक्क मुस्कुराई रहने उनको भित्री ब्यथा भयानक थियाे । सुस्त मनस्थितिका पर्वत केही वर्षदेखि मुटुराेगले थला परेका छन् । मुटुकाे भल्व खराबीका कारण थला परेका पर्वत उपचारकाे लागि भाैतारिरहेका छन् ।

काे हुन् पञ्चराम रोका ‘पर्वत’ ?

२०४२ सालमा पिता मोतिप्रसाद रोका र माता ललिता रोकको कोखबाट जन्मिएका जाजरकोट पजारू ९, टिकाचौरको गरिव मगर परिवारका पञ्चराम रोका अर्थात पर्वतको जीवनको कथा अनौठो छ । जनयुद्धका बेला बहुप्रतिभावान पर्वतलार्इ अहिले आफनै जीवन बोझ भएको छ । भन्छन “माओबादीको पार्टी कार्यालय पेरिसडाँडामा गएर आत्मदाह गरिदिँउ जस्तो लाग्छ” ।  जीवन नगरीखाने नमरी जाने अबस्थामा पुगेको ठहर गर्दै उनी निराश बनेर उपचारको जोहो गर्न काठमाडौ उक्लेका छन्। सकुशल युद्धमा होमिएका पन्चराम रोका अर्थात पर्वत अहिले उनको शरीर प्यारालाइसेस जस्तै भएको छ । १० बर्षे  जनयुद्दकालको आधार भूमी भेरी कर्णालीको कलाकारमा उनको पहिचान बेग्लै थियो । २०५७ साल जेठमा माओवादी जनयुद्धमा होमिएका पर्वत मात्र १४ वर्षका थिए ।

बिर्सनै नसकिने घर छोडेको रात

जेठको महिना गहुँ पाकेर पहेँलै भएका थिए दिनभर गहुँ काटेर लखतरन्न थोकेका पर्वत साँझपख घर पुगे घरमा माअ‍ोबादी कलाकारहरूको बाक्लो उपस्थीती देखे मगर साँस्कृतीको धनी उनको गाँउमा मगर बाहेक अरूको प्राय कमै बसोबास छ । ठुलो ताउलामा ढिडो र डेक्चीमा सिस्नो पाकिरहेको थियो । उनलाई कामबाट फर्किदा भोक लागिरहेको थियो । तर घरमा माओवादीका कलाकारहरूको तमझम देख्दा उनलाई भोकले छोडिकेको थियो । लागेको भोक र थकान सबै बिर्सीसकेका थिए ।

साँझ पख गाँउमा साँस्कृतिक कार्यक्रम भयो । जाजरकोटका चर्चित नेता काली बहादुर मल्ल, कलाकार राजु, रमा, उषा,निषा, दोभान लगायका जाजरकोटी कलाकारहरूको उपस्थिती रहेको थियो । जाजरकोटको पजारू गाबिस ९ टिकाचौरमा जन्मिएका पर्वतर्लाइ त्यतिबेलाका माओवादीका कलाकारहरूको साँस्कृतिक प्रस्तुतीले लोभ्यायो ।

उनका जेठा दाजु बम रोका पनि माओवादी थिए दाजु माओवादी भएकै कारण घरमा आवत-जावत बाक्लै हुन्थ्यो । उनलाई माओवादीहरूको त्यतीबेलाको जीवनशैलीले खुब लोभ्याएको थियो । भर्खरका युवा युवतीहरू छम्छमी नाँचिरहेको देख्दा उनलाई पनि संगै नाँचौँ नाँचौ लाग्थ्यो । तर दाईको डरका कारण भन्न सक्दैनथे । उनलाई त्यो कार्यक्रममले  माओवादी बन्न मन लाग्यो । गाँउकै साथी बसन्त  माओवादीको कलाकार थिए । उनले बसन्तसंग कुरा गरे । आफुलाई पनि यसरी नै नाच्ने रहर भएको उत्सुकता देखाए । उनि वसन्तको सल्लाह बमोजीम माओवादी भए । कलाकार बन्ने धोको सहित पुर्णकालीन भए ।

पञ्चरामबाट पर्वत हुँदै जब कलाकार बने

मंगोलियन जातका उनि देख्दा पनि निक्कै सुन्दर थिए । उनी सानैमा पनि गीत संगीतमा खुब रूचि राख्थे । उनलाई ठुलो कलाकार बन्ने इच्छा थियो । त्यतिबेला माओवादी युद्धले उनको त्यो इच्छा सार्थक बनाइदियो । उनी तत्काल त्यही जुनीको एरीया कलाकारमा जोडिए । उनको नाम पञ्चरामबाट पर्वत राखियो । किनकी त्यतिबेला माओवादीमा साँकेतिक नामले बढी स्थान पाउथ्यो । उनले आफनो पुर्नजन्म भएको अनुभुती गरे । केही समय पछि जिल्ला कलाकार जनमुक्ती सांस्कृतीक परिवारमा जोडिए राम्रो प्रतिभा भएका उनी निखार थिए । उनको स्तरउन्नती बढ्दै गयो । पछि क्षेत्रीय सांस्कृतिक टीम संगम परिवार उर्फ इच्छुक साँस्कृतिक टिम भेरी कर्णालीमा जोडिए । उक्त टिमको सबैभन्दा उत्कृष्ट बने ।

भुल्नै नसकिने पर्वतका केही क्षणहरू

पञ्चराम अर्थात पर्वतका भुल्नै नसकिने क्षणहरू थुप्रै छन् । उनि भन्छन धेरै ठाँउ  बाल बाल  बाँचियो । बाँचेका पलहरूको कल्पना समेत गर्न सक्दिन । केही घटनाहरूले उनलाई अहिलेपनि झकझक्याई रहन्छन् । उनी बेला बेला झसङ्ग हुन्छन् । भन्छन्, ती घटना सम्झदा पनि बेग्लै मजा आउछ । तर इतिहास त आखिर इतिहाँस नै हो । भुलेर पनि भुल्न सकिन्न । उनले त्यसलाई जीवनको नयाँ आयामका रूपमा लिएका छन् ।

भन्छन् सरिताको प्रेमले बाँच्न सिकायो

उनको कलाकार टिममा करीब देशैभरीका युवा युवतीहरुको जमघट थियो । त्यही टिममा मुख्य गायिकाको रूपमा काम गर्ने डोल्पाकी सरिता बोहोरा थिइन् । उनी सरितालाई बहुत मन पराउथे । तर भन्न सकिरहेका थिएनन् । सरितालाई जनमुक्ति सेनाहरूले खुब प्रस्ताव गर्थे तर उनी त्यस्तो लप्पन छप्पन तिर लाग्दैनथिइन ।उनी भन्छन बेग्लै स्वभावकी सरिता अरू भन्दा फरक थिइन । लगनशील र मेहनती स्वभावकी उनी निक्कै संघर्षशिल थिइन । कुनै पनि कुरामा हरेस नखाने सरिताको रूप पनि त्यतिकै राम्रो थियो ।

उनलाई रूप र गुण दुबै मिलेको एकमात्र केटी लाग्थ्यो सरिता उनले सरितासँग प्रस्ताब राखे सहजै स्वीकारीन उनीहरूको लामो प्रेम पछि युद्धमै बिहे भयो । तर अहिले उहि सरिताकाे प्रेम जिवनकाे बहुमुल्य सारथी भयाे । सबैले साथ छाेडे तर सरिताले अाफु मजबुरी गरेर भएपनि उनलार्इ माया गरीरहेकी छन । सरिताकै कारण याे अबस्थामा भएपनि बाँच्न हिक्मत बटुलेकाे बताए । उनि सम्झन्छन नारायण गाेपालकाे गित –एउटा मान्छेकाे मायाले कति फरक पार्दाे रहेछ जिन्दगीमा । भन्छन्, सरिता अर्की काेही सरिता भए यति माया गर्दैन थिइन हाेला ।

शहिद मण्डलले पारेको प्रभाव

उनलाई माओवादी बृतमा सबैभन्दा मनपर्ने नेता ललित सिंह मण्डल थिए । उनलाई सबैभन्दा प्रेरणादायी कुरा मण्डलले दिन्थे । मण्डलका कारण उनले आमाबुवा दाजुभाई समेत भुलेका थिए । उनी भन्छन, मण्डलले गरेको सहयोग जिवनमा भुल्न सकिन्न । मण्डल माओवादी बृतमा राम्रो क्षामाता र मिलनसार युवा नेता थिए । २०६२ सालमा गण्डक अभियानमा पाल्पाको तिनगिरेमा मण्डलको तत्कालीन शाहीसेनासंगको दोहोरो भिडन्तमा ज्यान गुमाएका थिए ।

नेताहरू प्रतिको बितृष्णा

युद्धकालमा पर्वतलाई नचिन्ने माओवादी नेता प्राय कमै थिए । साँस्कृतिक टिमका होनाहार कलाकार उनी केन्द्रीय टिम सामाना परिवारका समेत चर्चित कलाकार थिए । उनको युद्धकालमा चौतर्फी वाहीवाही हुन्थ्यो । विस्तारै परिवेश बदलियो । माओबवीानेताहरूले कलाकारका लागि जस्तासुके आश्वासन दिए पनि ब्यवहारत त्यो लागु गर्न सकेनन । बिस्तारै कलाकारहरू सबै पलायन हुन तिर लागे कोही खाडी छिरे कोही घरतिर फर्के कोही घर न घाटको बनेर सडकमा पुगे । त्यस्तै पर्वत पनि नघर जान सके न खाडि छिर्न सके मजबुरी गर्न सडकमा पुगे ।

जे सुकैले भनोस् क्रान्ति अधुरो छ

पर्वतको स्वास्थ्य अवस्था नाजुक छ । उनलाई मुटु रोग लागेको छ । गोजीमा उपचार गर्ने पैसो छैन । घर परिवारले गर्न सक्ने अवस्था छैन । उपचार नपाएर भौतारिरहेका उनलाई क्रान्तिको चिन्ता भने आफनो शरीर भन्दा अधिक छ । उनको मनमा लागिरन्छ यो अधुरो क्रान्तिलाई पुरा कस्ले गर्ला ? नेताहरूको कुर्सी र सत्ता मोहले शहिदका सपनाहरू शाकार नहुने हुन कि भन्ने चिन्ता छ ।

कुसेन्यूजबाट । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार