
भारतीय चर्चित अभिनेता सलमान खानको काठमाडौंमा हुन लागेको कार्यक्रम स्थगित भएपछि नेपालका चर्चित हास्य कलाकार केदारप्रसाद घिमिरे ‘माग्नेबुढा खुशी भएका छन् ।
चर्चित हाँस्यव्यग्य कलाकार माग्नेबुढाले सामाजिक संजालमार्फत नेपाली कलाकारलार्इ विस्थापित गर्ने हेतुले राखिएकाे कार्यक्रम स्थगित हुनु खुशीकाे कुरा भएकाे बताएका छन् ।
‘नेपालमा पहिलो प्राथमिकतामा नेपाली कलाकार हुनुपर्छ । नेपाली गीत संगीत पहिलो प्राथमिकतामा हुनुपर्छ । नेपाली मिडियामा आउने विज्ञापनमा नेपाली मोडेल हुनुपर्छ ।’ सामाजिक संजाल फेसबुकमा माग्नेबुढाले लेखेका छन्,’नेपालमा जन्मिने बच्चाले पहिलो शब्द आमा नै बोलुन् , मदर, मा वा मम् नबोलुन् । भाषा सकियो देशै सकियो । सुकिलो लुगा लगाएकी पल्ला घरकी आमाभन्दा झूत्रो लुगा लगाएकी आफ्नै आमा प्यारी ।’
विदेश जाँदा उनले अाफुले भाेग्नु परेकाे पीडाबारे माग्नेबुढाले फेसबुकमा पीडा पाेखेका छन् ।
उनी लेख्छन्, ‘इजरायल जाँदा मलाई दिल्लीमा दाह्री काट्न दिइएको दवाव, सुदूरपश्चिमका जनताले भारतमा काम गरेर फर्किँदा बोर्डरमा सहेको हेपाई, कपिल आउँदा जितु नेपालको अपमान, सिमाना मिचाई, बेला-बेला नेपाल छिरेर गर्ने उपद्रो आदि हेर्दा सलमानको कार्यक्रम स्थगित नै भएपनि धेरै दुख नमाने हुने देखिन्छ । हामीसँग पनि अनमोलहरु छन् ।’
माग्ने बुढाकाे फेसबुक स्टाटस –








