माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिवगंत नेता मदन भण्डारीद्धारा प्रतिपादित जनताकाे बहुदलीय जनवाद नामक विचारकाे खुुलेर प्रंशसा गरेका छन् ।

प्रचण्डले एमाले र माअाेवादी केन्द्रकाे संयुक्त सांसदहरूकाे बैठकलार्इ अाज काठमाडाैंमा संवाेधन गर्दै यस्ताे बताएका हुन् ।

एमालेसँग पार्टी एकताको अन्तिम चरणमा रहेकाे बताउँदै प्रचण्डले एमालेकाे जनताको बहुदलीय जनवाद नभएको भए जनयुद्ध कालमा माओवादीको रक्षा नहुने खुलासा गरे।

‘मदन भण्डारीले जबजको आविष्कार नगरेको भए माओवादीको रक्षा सम्भव थिएन, माओवादीले जनयुद्ध नगरेको भए हामी यो ठाउँमा आइपुग्ने थिएनौं’, प्रचण्डले यसो भन्दा बैठक सहभागी सांसदहरूकाे तालीले गुन्जयमान भएकाे थियाे।

पार्टी एकताको औचित्य पुष्टी गर्न प्रचण्डले ‘एमाले र माओवादी इतिहासमा सधैं एक अर्काका पूरक भएर आएको’ समेत दावी गरे।

दुर्इ पार्टीका सांसदलाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संयुक्त रुपमा प्रशिक्षित गरेका थिए।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार