प्रहरीको खोजी सूचीमा रहेका एमाले सांसद नवराज सिलवाल सबैलाई चकित पार्दै आज बानेश्वरस्थित संघीय संसद भवनभित्र झुल्किए ।

ढाका टोपी र कालो रङको कोट-पाइन्टमा रहेका उनी संसद् भवन छिरेका हुन्।

प्रहरीको खोजी सूचीमा रहे पनि उनी कडा सुरक्षा निगरानी रहेको संसद् भवनभित्र छिरेपछि सबैले आश्चर्य प्रकट गरे ।

एमाले र माओवादी केन्द्रका सांसदहरुको संयुक्त बैठकमा सहभागी जनाउन उनी संसद भवन प्रवेश गरेका हुन्।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार