
वरिष्ठ वामपन्थी साहित्यकार एवं लेखक खगेन्द्र संग्राैलाले माअाेवादी केन्द्रकाे पछिल्लाे एमालेसँगकाे अात्मसमर्पणलार्इ समर्पण नभनी सम्मानजनक एकता भनेर ढाँट्ने गरेकाे भन्दै ढाँट्नमा माहिर जत्थाकाे रूपमा टिप्पणी गरेका छन् ।
सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै संग्राैलाले सारा अाफ्ना सिद्धान्त र विचारलार्इ त्यागेर एमालेसँग समर्पण गरेर पनि नगरेकाे स्वाङ रच्नु माअाेवादी केन्द्रकाे अाफ्नै विवशता रहेकाे बताएका छन् ।
माअाेवाद र २१ अाैं शताव्दीकाे जनवादजस्ता सिद्धान्त र कार्यक्रम छाेड्नु एमालेमा माअाेवादी केन्द्रकाे अात्मसर्पण भएकाे संग्रैालाकाे तर्क रहेकाे छ ।
उनले भनेका छन् –
ढाँट्न विवश माके भन्छ- म एमालेमा विलय भा हाेइन, सम्मानजनक एकतामा गा हुँ। जब महाधिवेशनमा एमाले गुटले माअाेवाद र एक्काइसाैँ शताब्दीकाे जनवादलाई दुई तिहाई मतले पराजित गर्छ, माकेले ङिच्च हाँसेर “जनमतकाे कदर गर्दै” महान् गाैरवशाली जबजकाे झण्डा बाेक्ने छ। ढाँट्नमा माहिर माकेकाे जय हाेस्!







